खाद्यले बेच्न थाल्यो जुम्लाको मार्सी चामल, मुल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 03:12:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जुम्लाको मार्सी चामलको बिक्री वितरण सुरु गरेको छ । कम्पनीले जुल्लामा उत्पादन भएको मार्सी चामल सुर्खेतबाट खरिद गरेर बिक्री सुरु गरेको हो । 

सुर्खेतबाट काठमाडौँ ल्याएर नेपाली फुड ब्राण्डमा प्याकेजीङ गरेर बिहीबारबाट बिक्री वितरण सुरु गरिएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार काठमाडौँ उपत्यकाका ५ वटा बिक्री काउन्टरहरु थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायक र अनलाइन मार्फत प्रति किलो २ सय २५ रुपैँयामा मार्सी धानको चाम बिक्री वितरणमा राखिएको छ । 

पहिलो चरणमा सुर्खेतबाट खरिद गरिएको २ सय ७० क्विन्टल मार्सी चामल बिक्रीमा रोखेको हो । कम्पनीले यस वर्षको धान खरिद अन्तरगत ३ हजार क्विन्टल जुल्लाको मार्सी धानको चामल खरिद प्रक्रिया सुरु गरेको छ । धान खरिद प्राथमिक समितिले जुम्लाको मार्सी धान खरिद गर्न प्रतिकिलो १ सय २ रुपैयाँ ५० पैसा तोकिएको छ । यसैगरी, उक्त समितिले मार्सी धानको चामल प्रति किलो १ सय ६२ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ । 

धानको मूल्य निर्धारणका लागि कम्पनीले प्रत्यक वर्ष सम्बन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, स्थानीय कृषक समन्वय समितिका प्रतिनिधि लगायत रहेका छन् । 

कम्पनीले हाल रन्जित स्टिम चामल, सोना चामल, जापानिज चामल, कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल बिक्री काउन्टर तथा अनलाइन मार्फत बिक्री वितरण गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved