तेलमा भएको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग, कठोर कदम चाल्ने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 11:15:15 AM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवसायीहरुले तेलको मूल्यमा भएको बृद्धि फिर्ता लिन माग गरेका छन् । व्यवसायीले व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि एकमुष्ट फिर्ता लिन माग गरेका हुन् । 

सार्वजनिक सवारी साधन चलाएर नाफा निकाल्न नसकिने अवस्था आएको भन्दै उनीहरुले विशेष सहुलियत घोषणा गर्न पनि माग गरेका छन् । यदि सरकारले आफूहरुका माग सम्बोधन नगरे विकल्पका रुपमा सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजन गर्नपनि आग्रह गरिएको व्यवसायीहरुको भनाइ छ ।

सरकारले पौष १६ गते, माघ ५ गते र माघ २८ गते पेट्रोल तथा डिजेलको मूल्य बढाएको थियो । यसको विरोधमा यातायात व्यवसायीहरुले कठोर कदम चाल्ने चेतावनी पनि दिएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार पटक–पटक भएको तेलको मूल्यवृद्धिबारे छलफल गर्न महासंघको पदाधिकारी बैठक आज बस्दैछ । 

‘२०६९ सालदेखि गाडी भाडामा वैज्ञानिक समायोजन भएको छैन, तेलको मूल्य मात्रै हैन, टायरदेखि सबै स्पेयर पार्टस्को मूल्यवृद्धि भईरहेको छ’ सिटौलाले भने, ‘यो सबै हिसाब गरेर भाडादरसमायोजन गर्न सरकारले चाहेको छैन, यस्तो अवस्थाबाट पिडीत बनेको सार्वजनिक सवारीको क्षेत्र कोरोना महामारीको मारमा छ, अझ थिलोथिलो बनाउने गरी पटक–पटक गरेर भएको तेलको मूल्यवृद्धिको भार हामी थेग्न सक्दैनौँ ।’

सरकारले २०७५ साल असोजमा सार्वजनिक सवारीको भाडादर एकैपटक १० प्रतिशतले बढाएको थियो । तेलको मूलय वृद्धिलाई मात्रै आधार मानेर गरिएको भाडादरको बृद्धिले केही राहत महशुस नभएको भन्दै व्यवसायीले २०६५ सालमा लागू भएको वैज्ञानिक भाडा समायोजनको कार्यविधिअनुसार नै भाडादर समायोजन गर्नुपर्ने माग गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved