विदेश जाने घटेपनि रेमिटेन्स बढ्यो, ८ महिनामा भित्रियो ६ खर्ब ४२ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2021 | 07:11:18 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ६ खर्ब ४२ अर्ब बराबरको रेमिटेन्स भित्रिएको छ  । नेपाल राष्ट्र बैंकले समीक्षा अवधिमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु.६४२ अर्ब १४ करोड पुगेको जनाएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ७.२ प्रतिशतले वृद्धि भई रु.७१८ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.० प्रतिशतले बढेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved