‘बजेट होलिडे’ हट्यो, राष्ट्रपतिद्वारा विधेयक प्रमाणिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 06:41:51 PM मा प्रकाशित

laxmi  sunrise bank

‘बजेट होलिडे’ को अवस्था हटेको छ । बजेटसम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ ।

बजेट पारित नहुँदा भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने अवस्था थियो । अब त्यो टरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । 

जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved