लकडाउन सोच्नु पनि हुँदैनः राष्ट्रिय व्यापार संघका उपाध्यक्षको अन्तरवार्ता (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2022 | 05:44:27 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय व्यापार संघका उपाध्यक्ष रामचन्द्र पराजुलीले लकडाउन सबै समस्याको समाधान नभएको बताएका छन् । कोरोना भाइरसको संक्रमण फैलदो अवस्थामा भएपनि लकडाउन गर्न नहुने उनको भनाई छ । 

बुधबार बिजपाटीसँग कुराकानी गर्दै उपाध्यक्ष पराजुलीले अब पनि लकडाउन गरिए अर्थतन्त्र उठ्नै नसक्ने गरी थला पर्ने बताएका हुन् । उनले लकडाउनको विकल्प सोचेर व्यापार व्यवसाय सञ्चालन गर्न पाउने गरी निर्णय लिन सरकारलाई अनुरोध पनि गरेका छन् । 

त्यस्तै, उपाध्यक्ष पराजुलीले चीनतर्फको व्यापारमा समस्या कायमै रहेको पनि बताएका छन् । उनले विशेषगरी तातोपानी र केरुङ नाकामा चिनियाँ पक्षले कोरोनाको प्रोटोकललाई कारण देखाएर नेपाल भित्रिनुपर्ने बस्तुहरु रोकेको र उसले मन लागेको संख्यामा मात्रै कन्टेनरहरु पठाउने गरेको भन्दै निर्वाध रुपमा कन्टेनरहरु ओहोर दोहोरको वातावरण मिलाईदिन सरकारसँग अनुरोध पनि गरेका छन् । 

भिडियोः 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved