८ महिनामा १३ खर्बको सामान आयात, ब्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2022 | 03:06:48 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा  नेपालले १३ खर्ब ८ अर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड बराबरको सामान आयात गरेको हो। 

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ३८.६४ प्रतिशतले बढेको हो। अधिल्लो आर्थिक वर्षको पहिलो ८  महिनामा नेपालले ९ खर्ब ४३ अर्ब बराबरको सामान आयात गरेको थियो । 

त्यस्तै चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ४७ अर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ८२.९० प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालले ८० अर्ब ७७ करोड बराबरको सामान निर्यात गरेको थियो  । 

चालु आर्थिक वर्षको ८ महिनामा नेपालको ब्यापार घाटा ११ खर्ब ६० अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा ३४.५० प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालको ब्यापार घाटा ८ खर्ब ६३ अर्ब मात्रै थियो। 

८ महिनाको अवधिमा  नेपालले डिजेल मात्र ८७ अर्ब ८३ करोडको आयात गरेको छ ।  त्यस्तै ४० अर्ब ६४ करोडको एलपीजी ग्यास, तथा ३९ अर्ब ८५ करोडको पेट्रोल आयात गरेको छ ।  यस अवधिमा नेपालले  ४१ अर्ब ४० करोडको सोयाबिन तेल निर्यात गरेको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved