बजारमा किन भईरहेको छ खाना पकाउने ग्यासको अभाव ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 30, 2022 | 01:45:13 PM मा प्रकाशित

laxmi  sunrise bank

केही दिनदेखि खाना पकाउने एलपी ग्यास पाउन छोडिएको गुनासो सर्वसधारणले गर्न थालेका छन् । दैनिक ग्यास मगाउने डिलर्सहरुमा सम्पर्क गर्दा ग्यास नरहेको जवाफ उपभोक्ताले पाउने गरेका छन् ।

व्यवसायीहरुले आपुर्ति रोक्दा बजारमा ग्यासको अभाव देखिन थालेको हो । व्यवसायीहरुले मूल्य समायोजन हुनुपर्ने माग गर्दै आएका छन् । 

पेट्रोलियम पदार्थको मूल्य बढेपनि ढुवानीमा यसअघिको भाडामा कुनै दर नबढाईएको भन्दै ग्यास उद्योगी तथा डिलर्सहरूले भारतबाट ग्यास ल्याउन छोडेका छन् । जसको असर बजारमा देखिन थालेको हो ।

आपूर्ति ठप्प

आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ बनाएको छ । ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ५७५ रुपैयाँमा छ ।

डिजेलको मूल्य बढ्दा निगमले भाडादर बढाएको तर, ग्यासको मूल्य समायोजन नगरेको भन्दै उद्योगीहरु फागुन १९ गतेदेखि आन्दोलनमा छन् । संघले चैत ६ गतेबाट एलपी ग्यासको नयाँ अर्डर लिन छोडेको छ । चैत ११ गतेबाछ त झन रिफाइनरीबाट ग्यासको लोड रोकेको छ । यति मात्रै नभई १४ गतेबाट ग्यास बोकेका कन्टेनरहरु सीमापारी नै रोकिदिएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्ली बाध्य भएर आपूर्ति रोकेर बस्नुपरेको बताउँछन् । निगमले ढुवानीको भाडा नबढाएसम्म आपुर्ति गर्न नसक्ने उनको दाबी छ ।

उनको दाबी अनुसार भारतीय आयाल कर्पोरेशनले पनि भाडा समायोजन नगरी ग्यास नपठाउने भनिसकेको छ । नेपालमा आउने ग्यास भारतबाटै रिफाइन भएर आउने ग्यास हो । त्यस्तो ग्यास नेपालमा ल्याएर उद्योगहरुले सिलिण्डरमा राखेर बिक्री गर्ने मात्रै हो ।

भाउ बढाउन माग 

उद्योगीहरुले ग्यासको मूल्य समायोजन गर्न माग गरेका छन् । अहिले ग्यास प्रतिसिलिण्डर १ हजार ५७५ रुपैयाँमा ग्यास उपलब्ध हुँदै आएको छ । तर, यसमा ढुवानीको भाडा नजोडिएको उद्योगी व्यवसायीको दाबी छ । 

डिजेलको भाउ बढेकाले ढुवानी ‘कस्ट’ बढेको र बढेको ढुवानी शुल्क ग्यासको मूल्यमा जोडिनुपर्ने उनीहरुको माग छ । संघका अध्यक्ष मल्लीले डिजेलको भाउ बढ्दा ग्यासको पनि बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने बताउँछन् । 

‘चैत १७ गते पनि मूल्य नबढे हाहाकार हुन्छ’

चैत १७ गते सम्भवतः आयाल निगमले नयाँ पेट्रोलियम पदार्थको नयाँ मूल्य तोक्दा ग्यासको मूल्य पनि बढाउने आशा उद्योगीहरुले गरेका छन् । यदि भोली ग्यासको मूल्य बढेको खण्डमा आन्दोलनका कार्यक्रम फिर्ता लिएर आपुर्तिलाई नियमित गर्न आफूहरु तयार रहेको एलपी ग्यास उद्योगीहरु बताउँछन् । 

तर, भोली पनि ग्यासको मूल्य नबढेको खण्डमा बजारमा खाना पकाउने एलपी ग्यासको हाहाकार हुने चेतावनी उनीहरुले दिईसकेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved