सुपारी आयातको इजाजत रोक्न संसदीय समितिको सरकारलाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2022 | 06:03:11 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयतको इजाजत रोक्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले सुपारी आयातका लागि इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । उद्योग र वाणिज्य सचिवको उपस्थितिमा भएको छलफल पछि सुपारी आयातको इजाजतपत्र नदिन निर्देशन दिईएको समिति सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

देशको अर्थतन्त्र कमजोर भएको र विदेशी मुद्राको सञ्चिति न्यून रहेको बेला सुपारीको आवश्यक छैन भन्ने निष्कर्षमा पुगेर यस्तो निर्देशन दिईएको उनको भनाई छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved