विद्यासुन्दरका ५ वर्षः ८० अर्बको बजेट ल्याए, ३५ प्रतिशत पनि खर्च गर्न सकेनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 01:45:29 PM मा प्रकाशित

laxmi  sunrise bank

ठूला आश्वासन देखाएर चुनाव जितेका देशकै संघिय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ५ वटा बजेट ल्याए । उनको कार्यकाल सकिनँ लागेको छ । तर, ५ वटा बजेटको कार्यान्वयन भने फितलो मात्रै होइन, बिर्सन लायक नै बनेको छ ।

महानगरबासी र यहाँ उद्योग व्यवसाय गर्नेहरुबाट पर्याप्त कर उठाएका उनले खर्च भने गर्न सकेनन् । ५ वर्षमा करिब ८० अर्बको बजेट ल्याएका शाक्यले मुस्किलले एक तिहाइ मात्रै खर्च गरेका छन् ।

न साइकल सिटी बन्यो, न ‘नो माक्स सिटी’

जनप्रतिनिधिका रुपमा मेयर शाक्यको टोलीले महानगरको ढुकुटी सम्हाल्दा आर्थिक वर्ष २०७४÷७५ मा महानगरको बचत २ अर्ब ४४ करोड थियो । अहिले यो बचत रकम बढेर ११ अर्ब पुगेको छ ।

साइकल सिटी, नो माक्स सिटी, बिजुलीका तार र पोलहरुको व्यवस्थापनमार्फत सुन्दर काठमाडौँ शहर बनाउने शाक्यका चुनावी घोषणापत्र कागजमै सिमित भए । 

हिउँदमा ‘धुलोमाण्डू’ र वर्षामा ‘हिलोमाण्डू’ भन्दै आफ्नै महागरको बद्नाम र आफ्नो क्षमतामाथि कटु आलोचना खेपेरै असक्षम मेयरका रुपमा विद्यासुन्दरले बिदा लिने दिन नजिकिएको छ ।

यति मात्रै होइन, महानगरपालिकाले ५ वर्षमा आफ्नै कार्यालय भवन पनि बनाउन सकेन । बल्ल ६ वटा वडा कार्यालय भवन बनेका छन्, ९ वटा बन्दै छन् ।

१५० सम्पदाको पुनर्निमाण गरेको भनेर मेयर शाक्यले होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन नै गरेर दाबी गरे । 

बजेटको आकार बढिरह्यो, खर्च गर्ने क्षमता घटिरह्यो

शाक्यले हरेक वर्ष बजेटको आकार बढाउँदै लगे । तर, खर्च गर्ने क्षमता बढाउन सकेनन् । जसका कारण महानगर अस्तव्यस्त बनिरह्यो ।

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७८÷७९ मा १८ अर्ब ५९ करोड रुपैयाँको बजेट ल्यायो । तर, संशोधन गरेर यो बजेट १६ अर्ब २४ करोडमा झारियो ।

चैत्र १५ गतेसम्म ४ अर्ब ३० करोड मात्रै खर्च भएको छ । 

यसमध्ये पूर्वाधार विकासको लागि छुट्याईएको ८ अर्ब ३१ करोड मध्ये चैत १५ सम्म जम्मा १ अर्ब ४१ करोड खर्च भएको छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा १६ अर्ब ४२ करोडको बजेट ल्याएका शाक्यले वर्ष भरीमा जम्मा ५ अर्ब ७१ करोड खर्च गर्न सके ।

महानगरले आर्थिक वर्ष २०७६/७७ मा १६ अर्ब ४३ करोड बजेट ल्याउँदा ६ अर्ब ४५ करोड खर्च गर्न सक्यो ।

आर्थिक वर्ष २०७५/७६ मा १५ अर्ब ५० करोड बजेट सार्वजनिक भएकोमा ६ अर्ब ३७ करोड रुपैयाँ मात्रै खर्च भयो । 

शाक्य निर्वाचित भएको वर्ष २०७४/७५ मा १२ अर्ब ८७ करोड बजेट ल्याएका थिए । यो मध्ये जम्मा ४ अर्ब ९९ करोड मात्रै खर्च हुन सक्यो । 

करिब ८० अर्बको बजेट ल्याएका शाक्यले जम्मा २७ अर्ब ८२ करोड खर्च गर्न सकेका छन् । अर्थात् महानगरले ५ वर्षमा ल्याएको कुल बजेटको जम्मा ३४.७७ प्रतिशत मात्रै खर्च गरेको छ ।

पछिल्लो २ वर्ष भने कोरोनाका कारण खर्च गर्न नसकिएको दाबी महाजगरका प्रशासनिक विभाग प्रमुख महेश कुमार काफ्लेको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved