चैत्र मसान्त भित्र नै करको किस्ता बुझाउन अर्थ मन्त्रालयको ताकेता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2022 | 10:24:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चैत्र मसान्त भित्र नै आयकरको किस्ता बुझाउन आग्रह गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७८/७९  को आयकरको दोस्रो किस्ता वापतको कर तथा विवरण दाखिला चैत्र मसान्त भित्र नै आयकरको किस्ता बुझाउन सूचना जारी गरेको हो । 

विभागले आयकर ऐन, २०५८ (सं.स.) को दफा १४ को उपदफा (१) बमोजिम आ.व. २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ५५ वमोजिम आर्थिक वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको दोस्रो किस्ता वापतको सत्तरी प्रतिशतले हुने रकम यहि २०७८ चैत मसान्तभित्रै दाखिला गर्न आग्रह गरेको हो ।

विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व/ करदाता सेवा कार्यालयमा कर दाखिला गर्न आग्रह गरेको हो ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved