पूर्वगभर्नर डा. रावलको टिप्पणी, ‘सरकारले काम कम, कुरा बढी गर्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 02:01:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले वर्तमान सरकारले कामभन्दा कुरा बढी गरेको आरोप लगाएका छन् । 

अर्थतन्त्रमा देखिएका चुनौती र समाधानको उपाय खोजीका लागि एमालेनिकट बुद्धिजीवी परिषद्ले बिहिबार आयोजना गरेको अन्तर्क्रियामा डा. रावलले राष्ट्र बैंकमाथि सरकारले हस्तक्षेप गरेको टिप्पणी गरेका छन् । 

आफू पनि तत्कालिन अवस्थामा गर्भनरबाट हटाइएको र अदालतबाट पुनर्वहाली भएको स्मरण गर्दै डा. रावलले अहिले पनि अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई विभाग जस्तो सम्झिएको टिप्पणी गरेका हुन् । 

‘सरकारले निर्यात वृद्धि गर्छु भनेर कुरा मात्रै गरेर हुदैन, काम नै गर्नुपर्छ’ डा. रावलले भने, ‘सरकारले काम भन्दा पनि कुरा मात्रै धेरै गर्ने गरेको छ । ग्यासको ठाउँमा विद्युतीय चुलो प्रयोग गरेर पनि आयात कम गर्न सकिन्छ ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved