अर्थविद् भन्छन् 'अर्थमन्त्रालय र राष्ट्र बैंकले एकअर्कालाई दोष दिएर समस्या समाधान हुदैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 02:07:40 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट नेपाल बुद्धिजीवी परिषदले आसन्न स्थानीय निर्चावनको संघारमा अर्थविदहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । काठमाडौँको नक्सालमा आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्वगभर्नर डा. तिलक रावल, पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्व अर्थसचिव रामेश्वर खनाललगायतका अर्थविद्हरूले आफ्नो धारणा राखेका थिए । 

आफ्नो धारणा राख्ने क्रममा पूर्व गभर्नर क्षेत्रीले भने, 'ओली नेतृत्व देउवालाई सरकार हस्तान्तरण गर्दैको समयमा धेरै संकट आइसकेको थियो ।' अर्का पूर्व गभर्नर रावलले देशमा आयात कम गरेर निर्यात वृद्धि गर्नुपर्ने बताए । उनले सरकारले कामभन्दा पनि कुरा धेरै गरेको टिप्पणी गरे । अर्थतन्त्रमा देखिएका चुनौती र समाधानको उपाय खोजीका लागि आयोजना गरिएको अन्तरक्रियामा रावलले आफू पनि हटाइएको र अदालतबाट पुनर्वहाली भएको तत्कालीन समय सम्झिए ।

पछिल्लो समय नेपालको संकटग्रस्त अर्थतन्त्र र निराकरणका लागि अर्थसँग जोडिएका संगठन र व्यक्तिसँग प्रमुख प्रतिपक्षी एमालेले छलफल गर्दै आएको छ । कार्यक्रममा रावलले भने, ‘सरकारले निर्यात वृद्धि गर्छु भनेर कुरा मात्रै गरेर हुदैन । काम नै गर्नुपर्छ । सरकारले काम भन्दा पनि कुरा मात्रै धेरै गर्नेगरेको छ । अहिले नेपालमा नै तरकारी उत्पादन र ग्यासको ठाउँमा विद्युतीय चुलो प्रयोग गरेर पनि आयात कम गर्न सकिन्छ ।’

पूर्वअर्थसचिव रामेश्वर खनालले आर्थिक क्षेत्रको तरलतालाई सबै मिलेर समाधान गर्नुपर्छ । नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयले मिलेर काम गर्न नसकेको बताए । उनले भने, ‘अर्थमन्त्रालय र राष्ट्र बैंकले एकअर्कालाई दोष दिएर बस्ने हो भने देशको अर्थतन्त्रमा अझ समस्या सिर्जना हुन्छ । मिलेर नगए देश दुर्घटनामा पनि जान सक्छ । यसैगरी देशको अर्थतन्त्र बिग्रिदै जाने हो भने नेपाल पनि श्रींलका जस्तै अवस्थामा जान सक्छ । विदेशी मुद्राको सञ्चिती घट्दै जादा समस्या हुन्छ । आन्तरिक ऋण नोट छापेर वा देश भित्रैबाट ऋण लिएर तिर्न सकिन्छ । तर विदेशको ऋण नेपाली नोट छापेर तिनै सकिदैन । हामीले लिएको ऋणबाट निर्माण भएका आयोजनाको लागत वृद्धि र लामो सयम लाग्यो भने १० वर्षपछि नेपाल पनि श्रींलका जस्तै अवस्थामा जान सक्छ ।’

आजभन्दा १० वर्ष अघि पनि नेपालमा अहिलेजस्तै अर्थिक संकट आएका बेला पनि अन्तर्राष्ट्रिय समुदायले पनि नेपालमा ऋण दिने बेलामा प्रश्न गरेको उनले बताए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved