नेपालको ब्यापार घाटा १३ खर्ब नाघ्यो, डिजेल मात्र १ खर्बको आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2022 | 11:24:19 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा  नेपालले १४ खर्ब ६६ अर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि चैत्रसम्मको अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड बराबरको सामान आयात गरेको हो। 

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ३१.९७ प्रतिशतले बढेको हो। अधिल्लो आर्थिक वर्षको पहिलो ९  महिनामा नेपालले ११ खर्ब ११ अर्ब बराबरको सामान आयात गरेको थियो । 

त्यस्तै चालु आर्थिक वर्षको ९ महिनामा नेपालले १ खर्ब ६० अर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ६९.४४ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालले ९४ अर्ब ७६ करोड बराबरको सामान निर्यात गरेको थियो  । 

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा १३ खर्ब ६ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा २८.४७ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ९  महिनामा नेपालको ब्यापार घाटा १०  खर्ब १६ अर्ब मात्रै थियो। 

९ महिनाको अवधिमा  नेपालले डिजेल मात्र १ खर्ब ५ अर्ब बराबरको आयात गरेको छ ।  त्यस्तै ४७ अर्ब २३ करोडको पेट्रोल, ४५ अर्ब ५८ करोडको कच्चा सोयाबिन तेल, तथा ४५ अर्ब ३४ करोडको खाना पकाउने ग्यास  आयात गरेको छ । 

यस अवधिमा नेपालले  ४३ अर्ब ३० करोडको सोयाबिन तेल निर्यात गरेको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved