चालु वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहने, जीडीपीको आकार ४८ खर्ब ५१ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2022 | 01:19:46 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहने भएको छ । केन्द्रीय तथ्यांक विभागले पत्रकार सम्मलेन गर्दै चालु आर्थिक वर्ष ७८/७९ मा नेपालको आर्थिक बृद्धदर ५.८४ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमा  ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो । तर लक्ष्य अनुरुपको आर्थिक वृद्धि हाँसिल नहुने भएको हो 

विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, उद्योगको वृद्धिदर १०.३ प्रशित र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागको प्रक्षेपण छ ।

विभागले आठ महिनासम्मको तथ्यांकका आधारका ५.८ प्रतिशत आर्थिक वृद्धिदर अनुमान गरेको हो। बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड-१९ को असर पनि कम भएका आधारमा यस्तो अनुमान गरिएको विभागले बताएको छ ।

विभागका अनुसार चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड र चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved