नेपाल
राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र
बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १३ पैसा र बिक्री दर १२२ रुपैयाँ
७३ पैसा कायम गरेको छ ।
युरोपियन
यूरो एकको खरिद दर १२८ रुपैयाँ ४८ पैसा र बिक्री दर १२९ रुपैयाँ ११ पैसा छ । यूके पाउन्ड
स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ५२ पैसा र बिक्री दर १५४ रुपैयाँ २७ पैसा छ । स्वीस
फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ पाँच पैसा र बिक्री दर १२६ रुपैयाँ १२ पैसा रहेको
राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन
डलर एकको खरिद दर ८६ रुपैयाँ ३९ पैसा र बिक्री दर ८६ रुपैयाँ ८२ पैसा छ । क्यानेडियन
डलर एकको खरिद दर ९४ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३९ पैसा छ ।
जापानी
येन १० को खरिद दर नेपाली नौ रुपैयाँ चार पैसा र बिक्री दर नौ रुपैयाँ ४५ पैसा छ
भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४८ पैसा र बिक्री दर १८ रुपैयाँ ५७ पैसा
रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी
अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ५६ पैसा र बिक्री दर ३२ रुपैयाँ ७२ पैसा
छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४६ पैसा र बिक्री दर ३३ रुपैयाँ ६३ पैसा रहेको
राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन
रिंगिट एकको खरिद दर २८ रुपैयाँ पाँच पैसा छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको
छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ ६९ पैसा
कायम भएको छ ।