चालु
आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालले १ खर्ब २६ अर्ब ७ करोड २४ लाख रुपैयाँको
अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।
प्राप्त
प्रतिवद्धतामध्ये अनुदान सहायता ९ अर्ब ४६ करोड २६ लाख रुपैयाँ र ऋण सहायता १ खर्ब
१६ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ ।
जापान, स्वीट्जरल्याण्ड,
विश्व बैंक, एसियाली विकास बैंक लगायतका
दातृ राष्ट्र तथा निकायबाट उक्त प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको
छ ।