नेपालमा पनि अर्थतन्त्र बिगार्ने शासकीय स्वरुप देखिन थालेको छ: अर्थशास्त्री स्वर्णिम वाग्ले

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2022 | 05:55:04 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालमा पनि अर्थतन्त्र बिगार्ने शासकीय स्वरुप देखिन थालेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा श्रीलंकामा शासकले हचुवाको भरमा निर्णय गर्दा मुलुकको अर्थतन्त्रमा समस्या बढेको भन्दै वाग्लले नेपालमा पनि त्यस्तै प्रवृति हाबी हुने गरेको बताए । वाग्लेले श्रीलंकामा जथाभावी रूपमा कर चलाउँदा समस्या भएको बताउँदै कर नीति चलाउँदा सजग हुनुपर्ने बताए ।

उनले भने , ‘श्रीलंकाको जस्तो नेपालको अर्थतन्त्रमा समस्या हुँदै होइन । तर जुन शासकीय पाटाहरुका छिटाहरु छन । कुशासनका हाम्रा नीतिगत कच्चा पनका कुराहरु मिल्दा रहेछन् । हामीले यसलाई हाउगुजी पनि नदेखाउ । तर यो समस्यालाई सिर्जनात्मक रुपमा च्यानल गर्न सकियो भने थाति राखिएका संरचनागत सुधारका एजेण्डालाई अलिकति पुस दिन मिल्छकी भन्ने हो । अतिरन्जनाबाट बच्ने र अहिलेको पाष्ट प्याडमिक, अहिलको रुस र युक्रेनको युद्ध सबै बाट बाहिर आउँदै गर्दा रिफम एजेण्डालाई नज गर्ने किसिमले प्रयोग गर्नु पर्छ जस्तो लाग्छ । श्रीलंकाको प्रसंगमा तिर्न नसक्ने ऋण र पुर्ण नसक्ने सोधानान्तर घाटा समस्या श्रीलंकाको हो । हाम्रोमा यस्तो समस्या छैन । नेपालको जिडिपी ४४८ खर्ब नेपाली रुपैयाँ डलर भन्दा ४० अर्ब डलर जति हाम्रो जिडिपी ३ करोड जति हाम्रो जनसख्या प्रतिव्यक्ति आय १३ सयको हाराहारीमा छौं । श्रीलंका सोझो हिसाबले ८० अर्ब डलर अर्थतन्त्र हाम्रो भन्दा डब्बल जनसख्या कम २२ विलियन मात्रै हुन । प्रति व्यक्ति आय ३८ सय देखि ४ हजार  छ । हाम्रो  विदेशी मुद्रा सञ्चिति १० विलियनको हाराहारीमा छ । ७ महिनाको आयात धान्न सक्ने उनीहरुको १ विलियन भनिन्छ तर प्रयोग गर्न मिल्ने ५ विलियन मात्रै बेसिकल्लि टाल्टपल्टिएको अवस्था उनीहरु छन । बाहिरबाट आयात गर्ने क्षमता शुन्य रहेको छ । श्रीलंकाको जस्तै नेपालमा पनि हतारमा निर्णय गर्ने गरिएको छ ।’


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved