अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार भन्छन् ' मुलुकको अर्थतन्त्र सही दिशामा छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2022 | 06:42:53 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्याङ्क विभागले आर्थिक वृद्धिदरमा प्रक्षेपण गरेको भन्दा बढी हुने बताएका हुन् ।

उनले अहिले मुलुकको अर्थतन्त्रसही दिशामा रहेको बताए । आर्थिक सल्लाहकार उप्रेतीले अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फितिमा दबाब रहेको स्वीकार गर्दै यो समस्या चाँडै समाधान हुने दावी समेत गरे । उनले कोरोना महामारीपश्चात् बैंक तथा वितीय संस्थाहरुबाट उच्च कर्जा लगानी हुँदा पनि अहिले अर्थतन्त्रमा केही समस्या देखिएको बताए । मौद्रिक नीतिले १९ प्रतिशत कर्जा लगानी हुने अनुमान गरेपनि केही समय अगाडि ३८ प्रतिशतसम्म पुगेको बताए । निर्यात भन्दापनि आयात एक्कासी रुपमा ह्वात्तै बढेकाले वाह्य क्षेत्रमा दबाब परेको उनको भनाई छ ।  आर्थिक सल्लाहकार उप्रेतीले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान भएपनि रुस र युक्रेनको युद्धको कारणले ७.१ प्रतिशतको मूल्यवृद्धि भएको उल्लेख गरे । उनले सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि, उत्पादन रोजगारीमा केन्द्रित हुने बताए । उनले बाह्य क्षेत्रमा सन्तुलनमा ल्याउनको लागि भए पनि अबको बजेटमा कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्र केन्द्रित हुनु आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले यस वर्षको नीति तथा कार्यक्रम बजेटमा केही फन्डामेन्टल पक्ष आधारभूत नीतिगत व्यवस्थालाई पुनरविचार गर्न पर्ने आवश्यकता आएको छ । अब देश संधै आयातमा निर्भर भएर चल्नेवाला छैन । उत्पादन सँगै रोजगारी देशभित्र नै सृजना गर्न सकिएन भने समृद्धिको सपना पूरा गर्न सकिदैन । विल्कुलै सकिदैन । त्यसैले अबको कार्यक्रममा आफ्नै तुलानात्मक लाभका क्षेत्रहरु छन्। तीनीहरुको गहिरो रुपमा अध्ययन गरेर व्यापक ध्यान दिनुपर्छ । यस्तो बजेट बनाउन आवश्यकता छ । हाम्रो अहिले अर्थतन्त्रमा सबै कुरा एक किसिमले ठिक ठाक जस्तै देखिन्छ । तर दुईवटा चाप अलि बढी नै छ । कोरोना महामारीमा सुस्त रहेको अर्थतन्त्र कोरोना महामारीपछि अर्थतन्त्र चलायमान भयो । विश्वमा कोरोना महामारीपछि नेपालको अर्थतन्त्रमा तिव्र रुपमा चलायमान भयो ।तीन महिनाअघि नै ९८ प्रतिशत उद्योगहरु पूर्णरुपमा सञ्चालनमा आए ।  देशको अर्थतन्त्रभन्दा नेपाल छिट्टै पुनरुत्थानको गतिमा गयो,त्यसले केही वाह्य क्षेत्रमा दबाब पुग्यो, अर्थतन्त्र ९९ प्रतिशत अलायमानमा गइसकेको छ, एकैपटक चलायमान हुन खोज्दा बाह्य क्षेत्रमा दबाब देखिएको छ । कृषि क्षेत्रमा हामी खस्किदै गएका छौं, गत वर्ष ३ खर्ब २५ अर्बको कृषिजन्य वस्तुको आयात भएको थियो, यो समस्या नै हो, अब कृषिमा फरक नीति र कार्यक्रम हुनै पर्छ, उत्पादनमा आधारित अर्थतन्त्र नीति अगाडि बढाएर रोजगारीलाई सपोर्ट गर्ने कार्यक्रम ल्याउनै पर्छ, बजेट यिनै क्षेत्रमा प्राथमिकतामा राखेर आउँछ ।'

उनले आर्थिक वृद्धिदर ५.८४ नभई त्यो भन्दा बढेर ६ प्रतिशत भन्दा माथि जाने बताए। अहिलेको अर्थतन्त्रले आफु उत्पाहित भएको उनको भनाई छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved