ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब लिटरको झन्डै दुई सय !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2022 | 11:22:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ। बढेको पेट्रोलियम पदार्थको मुल्य आज राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले जनाएको छ। 

निगमकाअनुसार पेट्रोलको मुल्य २१ रुपैयाँले बढेर अब प्रति लिटर १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर २७ रुपैयाँले बढेर प्रति लिटर १९२ पुगेको छ। 

त्यस्तै हवाई इन्धनको मुल्य मुल्य प्रति लिटर १९ रुपैयाँले बढेर प्रति लिटर १८५ र बाह्य इन्धनको मुल्य प्रति लिटर १०० डलरले बढेर प्रति लिटर १६४५ कायम गरिएको छ।

पेट्रोलियम पदार्थको मुल्य बढेपनि खाना पकाउने एलपी ग्याँसको मुल्य यथावत राखिएको छ।  निगम संचालक समितिको आजको बैठकले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्ने निर्णय गरेको हो।

पेट्रोलमा प्रति लिटर २१ रुपैयाँ र मट्टीतेल र डिजेलमा प्रति लिटर २७ रुपैयाँले बढाउँदा पनि निगमलाई अझै ४ अर्ब ७० करोड  मासिक घाटा रहेको निगमले जनाएको छ।  


  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved