सरकारको निर्णयअनुसार नै निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2022 | 10:03:23 PM मा प्रकाशित

laxmi  sunrise bank

पेट्रोलियम पदार्थको मुल्य घटेको छ। आज सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएपछि सोहि अनुसार नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मुल्य घटाएको हो। 

निगमकाअनुसार पेट्रोलमा २० र डिजेल तथा मट्टीतेल २९ रुपैयाँ प्रति लिटर घटेको छ। घटेको मुल्यअनुसार अब पेट्रोल १७९ र डिजेल तथा मट्टीतेल  १६३ रुपैयाँ प्रति लिटर पर्नेछ। 

पेट्रोल, डिजेल तथा मट्टीतेलको मुल्य घटेपनि हवाई इन्धन आन्तरिक तथा बाह्यको मुल्य तथा एलपी ग्याँसको मुल्य यथावत रहेको निगमले जनाएको छ। 

निगमको आज बसेको संचालक समितिको बैठकले घटेको मुल्य आजराति १२ बजेदेखि लागू हुनेछ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved