नेपाललाई श्रीलङ्कासँग दाँज्न हुँदैनः पूर्वगभर्नर क्षेत्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2022 | 05:25:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको अर्थतन्त्र अहिलेकै अवस्थामा श्रीलङ्काको जस्तो नहुने बताएका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित ‘नेपालको वर्तमान आर्थिक अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले श्रीलङ्काको जस्तो राजनीतिक अधिकार सीमित व्यक्तिको हातमा नेपालमा नभएकाले नेपालको अर्थ व्यवस्था अहिले नै श्रीलङ्काको जस्तो हुन्छ भनेर प्रचार गरिनु गलत हुने बताएका हुन् । 

श्रीलङ्कामा एउटै परिवारबाट राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्री बनेर जथाभाबी करका दरहरू चलाउँदा चरम आर्थिक संकटको स्थिति आएको क्षेत्रीको भनाई छ । 

‘नेपालको अर्थतन्त्र धेरै परिस्थितिले श्रीलङ्का हुने स्थिति छैन । तर राजनीतिक अधिकार सीमित मान्छेलाई दिइयो भने कुनै समयमा हुन सक्छ भन्ने कुरा श्रीलङ्काबाट सिक्न सक्छौँ, त्यहाँ वंशीय रूपमा राष्ट्रपति, प्रधानमन्त्री र अर्थ मन्त्री एउटै परिवारको भएपछि हामी नै राज्य भन्ने कुरा भयो । उनीहरूले आफूहरूले ल्याएको कुरामा कसैले चुनौती दिन सक्दैन भनेपछि आयकरको दायरा घटाए, भ्याट पनि १५ प्रतिशतबाट आठ प्रतिशतमा झारे । आम्दानीको स्रोतहरू घट्यो खाद आयात गर्न रोके’ पूर्वगभर्नर क्षेत्रीले भभने, ‘उत्पादन नहुँदा आयात गर्नुपर्ने भएपछि विदेशी मुद्राको सञ्चिति घट्दै गयो । ब्याज जस्तोसुकै भएपनि विदेशी ऋण ल्याइरहने भएकाले यस्ता कुराले श्रीलङ्कालाई गाँजेको हो ।’

पूर्वगभर्नर क्षेत्रीले विदेशी मुद्रामा नेपालको सम्पत्ति र जम्मा गरेको सुनको समेत हिसाब गर्दा ७ महिनाको आयात धान्न सक्ने अवस्था रहेको बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved