संसदको बजेट अधिवेशन आजदेखि, यस्तो छ पहिलो बैठकको कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 08:37:01 AM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसदको बजेटको अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदै छ । संसद अधिवेशनको पहिलो बैठक आज शुक्रबार दिउँसो २ बजेको लागि बोलाईएको छ ।

 वैशाख २० गते बसेको मन्त्रिपरिषदको बैठकले संसदको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । सोहि अनुसार राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गरेका थिए ।

यो संसदको बजेट अधिवेशन हो । जेठ १ गते सरकारको नीति तथा कार्यक्रम पेश हुने छ।    जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले बजेट अधिवेशन बोलाएको हो। सरकारले गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको थियो । 

यस्तो छ आजको बैठकको कार्यसूची : 

१. सभामुखले सम्माननीय राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने । 

२. सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ।

३. सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ।

४. सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरुको मनोनयन गर्ने।

५. अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरुले आ-आफ्नो मन्तव्य राख्ने।

६. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०" पेश गर्ने।
 ७.  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved