साउनमा १ खर्ब १६ अर्बको ब्यापार घाटा, निर्यात २८ प्रतिशतले घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 07:28:22 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन)मा नेपालको १ खर्ब १६ अर्ब रुपैयाँ वैदेशिक ब्यापार घाटा ब्यहोरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउन महिनामा नेपालमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार बराबरको बस्तुको आयात हुँदा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । 

तर, गत आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको तुलनामा भने आयात १२.९० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको बस्तु आयात भएको थियो । 

चालु आर्थिक वर्षको पहिलो महिनामा गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा निर्यात पनि २८.६८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनमा २० अर्ब ७६ करोड ५१ लाखको वस्तु निर्यात भएकोमा चालु वर्षको साउनमा घटेर १४ अर्ब ८० करोड ९७ लाखमा सिमित भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved