चुनावको मुखैमा केराउ, सुपारी र मरिचको आयात खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2022 | 07:10:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले केराउ, सुपारी र मरिचको आयात प्रतिबन्ध फुकुवा गरेको छ । चुनाव घोषणा गरेको सरकारले सुपारी, केराउ र कालो मरिचको आयात खुलाएसँगै चलखेलको आशंका गरिएको छ । 

भियतनाम लगायतका देशबाट यी बस्तु आयात गरी भारतमा तस्करीमार्फत पठाउने गरेको आशंका हुने गरेको छ ।

कोरोना कालमा २४ चैत २०७६ मा सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर केराउ, सुपारी र मरिचको आयातमा प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि २६ फागुन २०७८ मा २०७९ असार मसान्तसम्म औद्योगिक प्रयोजनको लागि यी बस्तुको आयात खुलाईयो । असार ३१ पछि थप कुनै निर्णय नभएपछि २४ चैत २०७६ कै निर्णयले निरन्तरता पाउँदा पुनः आयात रोकियो । 

तर, अहिले फेरि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राज पत्रमा सूचना सार्वजनिक गरेरै चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार २०८० साल सम्म केराउ, सुपारी र मरिच आयात दिने जनाएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved