नेपाल वायूसेवा निगमले निगमको 9N-AKS जहाजको इन्जिन मर्मतमा ढिलाइ बारे छानविन गर्न उपसमिति गठन गरेको छ ।
गत बैशाख २३ गते निगमका कार्यकारी अध्यक्ष यूवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य एवम् बरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानविन उपसमिति गठन गरेको हो ।
उक्त समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्डष्ट्रिमा(एआई) मा मर्मत संभार गर्न पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानविन एवं अध्ययन गरि १५ दिनभित्र रायससिफारिससहति प्रतिवेदन पेश गर्न भनिएको छ ।