पूर्वअध्यक्ष कटुवालको प्रस्ताव, ‘उद्योगी व्यवसायीहरुले बैंक खाता बन्द गरौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 06:10:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्व अध्यक्ष नरेश कटुवालले व्यवसायीहरुले ऋण बाहेकका बैंक खाता बन्द गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल मार्फत पूर्व अध्यक्ष कटुवालले उद्योगी व्यवसायीहरुलाई ऋण बाहेकका बैंक खाता बन्द गर्न एक हुनुपर्ने पनि उल्लेख गरेका छन् । 

पछिल्लो समय बैंकहरुले एकात्मक रुपमा दादागीरी देखाएर कर्जाको अचाक्कली ब्याज बढाएको भन्दै उनले व्यवसायीहरु बैंक खाता बन्द गर्न बाध्य हुने अवस्था सिर्जना भएको उल्लेख गरेका छन् । ब्याजदर घटाउनका लागि भएपनि व्यवसायीहरुको बैंक खाता बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

‘बैंकहरूले देखाएको एकात्मक दादागीरी अन्त्य गर्न अचक्कली रूपमा बढाएको ब्याज दर घटाउन ऋण बाहेकका सबै बैंक खाता बन्द गर्न सम्पूर्ण उद्योगी व्यवसायीहरु एक हौँ’ उनले लेखेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved