प्रतिबन्ध लगाईएपछि १६ प्रतिशतले घट्यो आयात, ३ महिनाको ब्यापार घाटा ३ खर्ब ५९ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2022 | 03:31:29 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा  नेपालले ४ खर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार २०७९ साउनदेखि २०७९ असोजसम्मको अवधिमा नेपालले ४ खर्ब ९९ करोड बराबरको सामान आयात गरेको हो। 

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात १६.२० प्रतिशतले घटेको हो। अधिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालले ४ खर्ब ७८ अर्ब बराबरको सामान आयात गरेको थियो । 

त्यस्तै चालु आर्थिक वर्षको ३ महिनामा नेपालले ४१ अर्ब ८२ करोड बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ३५.७१ प्रतिशतले घटेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालले ६५ अर्ब ५ करोड बराबरको सामान निर्यात गरेको थियो  । 

चालु आर्थिक वर्षको ३ महिनामा नेपालको ब्यापार घाटा ३ खर्ब ५९ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा १३.१३ प्रतिशतले घटेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालको ब्यापार घाटा ४ खर्ब १३ अर्ब मात्रै थियो। 

३ महिनाको अवधिमा नेपालको कुल वैदेशिक ब्यापार ४ खर्ब ४२ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको वैदेशिक ब्यापार १८.५४ प्रतिसतले घटेको हो ।  अघिल्लो आर्थिक वर्षको यहि अवधिमा नेपालको वैदेशिक ब्यापार ५ खर्ब ४३ अर्ब रहेको थियो ।  

३ महिनाको अवधिमा  नेपालले डिजेल मात्र २९ अर्ब २९ करोड बराबरको आयात गरेको छ ।  त्यस्तै १८ अर्ब २२ करोडको पेट्रोल, १४ अर्ब ९४ करोडको खाना पकाउने ग्यास  आयात गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved