सुन्तलाको पकेट क्षेत्र गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनामा सुन्तलाको प्रतिमा निर्माण गरिएको छ । ६ लाख रुपैयाँको लागतमा गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइले सुन्तलाको प्रतिमा निर्माण गरेको हो ।
सुन्तलाको पकेट क्षेत्रको रुपमा परिचित ठाउँमा सुन्तलाको प्रतिमा बनाएर किसानहरुलाई सुन्तला खेतीतर्फ उत्प्रेरित गर्न खोजिएको बताइएको छ ।
प्रतिमाको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र शहीद लखन थापा गाउँपालिका–२ का अध्यक्ष सकुन थापा मगरले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
यस क्षेत्रबाट बार्षिक १ करोड रुपैयाँको सुन्तला बिक्री हुने गरेको छ ।