आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर तय गरेको छ। आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर सार्वजनिक गरेको हो।
जस अनुसार आयकरको दर ३९ प्रतिशतसम्म कायम गरिएको छ ।
यस्तो छ आर्थिक वर्ष २०८०/८१ को लागि तोकिएको आयकर।
यद्यपि यस आयमा अवकाश योगदानको रकम, दुर्गम भत्ता सुविधा, वैदेशिक भत्ता, निवृत्तिभरण आय, अपाङ्ग व्यक्तिले पाउने छुट सुविधाको आय, बीमा प्रिमियमको रकम, स्वास्थ्य बीमाको प्रिमियम रकम, निजि भवनको बीमा प्रिमियम, लगायतका आयलाई भने आयकर प्रयोजनको लागि आयमा गणना गर्नु नपर्ने व्यवस्था गरिएको छ ।