१४ खर्ब ५० अर्ब नाघ्यो नेपालको व्यापार घाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2023 | 03:22:49 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्ष २०७९/०८० मा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । 

कुल १७ खर्ब ६८ अर्ब ८७ करोडको वैदेशिक व्यापारमा १६ खर्ब ११ अर्ब ७३ करोडको वस्तु तथा सेवा आयात भएको छ भने निर्यात जम्मा १ खर्ब ५७ अर्ब १४ करोडको मात्रै भएको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा आयात १६ प्रतिशत, निर्यात २१ प्रतिशत र समग्रमा व्यापार घाटा १५.४५ प्रतिशतले घटेको हो । 

अघिल्लो आर्थिक वर्षमा १९ खर्बको आयात हुँदा २ खर्बको निकासी भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved