बजार चलायमान हुने आशामा न्यूरोडका व्यवसायी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2023 | 05:21:39 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँकै प्रमुख बजार न्यूरोडका व्यवसायी यतिबेला व्यापार चलायमान हुने पखाईमा छन् । बजेट पछि मौद्रिक नीतिबाट बजारमा माग सिर्जना हुने र व्यवसाय चलायमान हुने खालको घोषणा हुने आशामा रहेका न्यूरोडका व्यवसायीहरु मौद्रिक नीतिबाट पनि खासै राहतको अनुभूति गरेका छैनन् । 

तर, अहिले सुनसान रहेको न्यूरोड क्षेत्रमा भदौ लागेपछि चहलपहल हुनेमा उनीहरु आशावादी देखिएका छन् । मन्दीको तह अब झन गहिरिने ठाउँ नभएको र जति बिग्रनु बिग्रिसकेको भन्दै उनीहरु अब पक्कै पनि बजार चलायमान हुने देखिरहेका छन् ।

‘साना मझौला व्यवसायीहरु आफ्नो पूँजी लगानी गरेर व्यवसाय गरिरहेका छन्, बैंकबाट कर्जा लिएर व्यवसाय गर्नु साना मझौला व्यवसायीका लागि सहज छैन’ न्यूरोड, असन र इन्द्रचोकका व्यवसायीहरुका व्यवसायीहरुको संस्था राष्ट्रिय व्यापार संघका महासचिव वैकुण्ठ दाहाल भन्छन्, ‘तर, सयौँले व्यवसाय छोडिसके, अब पनि मन्दी भनेर बसेर हुँदैन, जसरी पनि व्यवसाय गर्नैछ, साउन पछि आवश्य पनि बजार चलायमान हुन्छ भन्ने लाग्छ ।’ 

उनका अनुसार अहिले सबैभन्दा मर्कामा व्यवसायी छन् । तर, व्यवसायीको मर्कामा सरकार, राष्ट्र बैंक र घर धनीहरु संवेदनशील नबनिदिएको गुनासो व्यवसायीहरुको छ । यद्यपी, अब चाडपर्वको लहर हुने हुँदा तुलनात्मक रुपमा बजार केही चलायमान हुने अपेक्षामा आफूहरु रहेको दाहाल बताउँछन् ।

यसअघिः

देशकै होलसेल बजार न्यूरोड, असन र इन्द्रचोक सुनसान, व्यवसायीले मागे घरभाडा छुट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved