चाडवाडले व्यापार उठाउने आशा बोकेर चीन उडे व्यवसायी, दशैँ तिहारमा महँगी बढ्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 07, 2023 | 12:01:08 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ तिहारका लागि सामान ल्याउन यसपाली नेपाली व्यवसायीहरु आफैँ चीन पुगेका छन् । कोरोना महामारीका कारण चीनले बन्द गरेको आवतजावत गत जनवरीबाट खुलेपछि केही व्यापारीहरु आफैँ चीन पुगेका हुन् । 

तर, चीन गएर सामान ल्याउने व्यवसायीहरु निकै कम छन् । चीनमा नै लत्ता कपडादेखि अन्य सबै खाले वस्तुको भाउ बढेको र नेपाली बजारमा माग नै नभएका कारण धेरै व्यवसायीहरु सामान लिन गएका छैनन्, जति गएका छन्, उनीहरुले पनि थोरै सामान अर्डर गरेर फर्किएका छन् ।

चीनले आवतजावतमा गरेको कडाइलाई फुकुवा गर्दै सहज बनाए पनि सामान अर्डर गर्न जाने व्यवसायीहरु निकै कम रहेको राष्ट्रिय व्यापार संघका महासचिव वैकुण्ठ दाहाल बताउँछन् । 

उनका अनुुसार केरुङ र खासाबाट स्थलमार्ग हुँदै सामान ल्याउन र जलमार्ग हुँदै भारतको बाटो भएर सामान ल्याउन ३ वर्षपछि व्यवसायीहरु आफैँ चीन गएका छन् । तर, निकै थोरै मात्रै व्यवसायीहरु गएको उनको भनाई छ । ‘तीज र दशैँ तिहारमा बजार चलायमान हुन्छ भन्ने अपेक्षा गरेका छौँ’ उनले भने ।

न्यूरोड, असन र इन्द्रचोक क्षेत्रका व्यवसायीहरु २ वर्षदेखि क्रमशः ओरालो लागिरहेको व्यवसाय यसपाली भने चलायमान हुने आशामा छन् । यी क्षेत्र देशकै होलसेल बजार हुन् । दैनिक उपभोग्य खाद्यान्नदेखि मरमसला र लत्ताकपडासमेत यी क्षेत्रबाटै सप्लाई हुन्छ ।

‘दशैँ तिहारमा महँगी बढ्छ’

न्यूरोड र असनका व्यवसायीहरु चीन पुगेर सामान अर्डर गरेर फर्किए पनि चीनमै महँगी बढेको बताउँछन् । एकातिर चीनमै सामानको भाउ बढेको र नेपाल ल्याउँदा तिर्नुपर्ने भन्सार महशुल पनि बढेकाले दशैँ तिहारमा महँगी बढ्ने व्यवसायीहरु बताउँछन् । 

‘चिनियाँ बजारमा महँगी बढेको पाइयो, उत्पादन नै कम रहेछ, विगतमा ४० चिनियाँ युआनमा पाइने सामान अहिले ७५ युआन पर्न थालेछ’ न्यूरोडका एक जना व्यवसायीले भने, ‘भन्सार पनि बढेको छ, ढुवानीको भाडा पनि बढेको छ । विगतमा सय जोर कपडा ल्याउन पुग्ने पैसाले अहिले ४५/५० जोर मात्रै अर्डर गरिएको छ, दशैँ तिहार महँगो हुने देखियो ।’

व्यवसायीकै क्रयशक्तिमा ह्रास आएका कारण बाहिरी मुलुकबाट आउने सामनको परिमाणमा पनि कमी आउने देखिएकाले त्यसको असर बजारको माग र मूल्यमा पर्ने देखिएको व्यवसायीहरु बताउँछन् । 

‘एक त थोरै आउने देखियो, अर्को चाहिँ थोरै भए पनि लागत बढी हुन गयो’ व्यवसायी दाहालले बिजपाटीसँग भने, ‘नयाँ सामान ल्याउन सके ग्राहक तान्न सकिन्छ कि भनेर केही व्यवसायी साथीहरु आफैँ चीन जानुभयो, तर उता मूल्य वृद्धि भएको र उहाँहरुको आफ्नै कक्रयशक्ति कम हुँदा सामान थोरै मात्रै अर्डर गरेर आउनु भएको छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved