‘मारवाडी समुदाय र बैंकविरुद्द गालीगलौज गर्नेहरुमाथि कानुनी कारबाही हुनुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2023 | 11:24:49 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निश्चित समुदायमाथि गालीगलौज गर्ने प्रवृत्ति समृद्धिको बाधक भएको बताएका छन् । नेकपा एमालेको उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था( समस्या र समाधान छलफल कार्यक्रम’मा मारवाडी समुदायलाई लक्षित गरी भइरहेका नकारात्मक टिप्पणीबारे पूर्व अर्थमन्त्री डा. खतिवडाले निश्चित समुदायलाई गाली गरेर समृद्धिको सपना पूरा नहुने बताए । 

‘निश्चित समुदायलाई लक्षित गरेर गाली गलौज गरिनु गलत हो, त्यसरी समृद्धि आउँदैन, अर्थतन्त्रमा ठूलो योगदान दिएका समुदायलाई लेखेटेर देश बन्दैन’ पूर्व अर्थमन्त्री डा. खतिवडाले भने, ‘अर्थतन्त्रमा ठूलो योगदान दिएका समुदायविरुद्ध अराजकता मच्चाउनेहरुलाई छुट दिइनु हुँदैन, सरकारले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।’

उनले बैंक विरुद्ध, लघुवित्त विरुद्धका आन्दोलनहरुलाई सरकारले निरुत्साहित गर्नुपर्ने भन्दै त्यस्तो आन्दोलन गर्ने र बैंक विरुद्दका अभियान चलाउनेहरुलाई कानुनी कठघरामा उभ्याईनुपर्ने पनि बताए ।

पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईंले भारतबाट आएका मारवाडी समुदायले नेपालको अर्थतन्त्र कब्जा गरेको भन्दै मारवाडी समुदायविरुद्द आक्रामक टिप्पणी गर्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved