आन्तरिक राजस्व विभागले साउन महिनामा उठायो ४ करोड बढी राजस्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2023 | 04:46:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजस्व विभागले साउन महिनामा ४ करोड ३ लाख राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउन महिनामा विभागले ४ करोड ३ लाख ४० हजार ३६ रुपैयाँ राजस्व उठाएको हो ।

विभागले आयकरबापत १ करोड ३२ लाख ६५ हजार २ सय, घरबहाल करबापत २ लाख २१ हजार ९६०, ब्याजबापत ६७ लाख २३ हजार ९९६ र भ्याट (आन्तरिक)मार्फत १ करोड १४ लाख ७३ हजार ५९० रुपैयाँ राजस्व संकलन गरेको हो । त्यस्तै, अन्तशुल्क (आन्तरिक)बापत ७७ लाख ८ हजार ५१०, स्वास्थ्य सेवाबापत ६ लाख ५७ हजार १६३ र शिक्षाबाट २ लाख ८९ हजार ६१७ रुपैयाँ राजस्व संकलन भएको विभागका सूचना अधिकारी राजु प्रसाद प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार आन्तरिक राजस्व विभागले साउन महिनामा ४ करोड ९० लाख ७०२ रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा लक्ष्यको ८२.३३ प्रतिशत राजस्व संकलन भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved