साउनमा १२ अर्बको विदेशी लगानी स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2023 | 11:15:30 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो महिनामा उद्योग विभागबाट झण्डै १२ अर्बको विदेशी लगानी स्वीकृत भएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो महिना साउनमा ६० वटा उद्योगमा ११ अर्ब ९३ करोड १८ लाख लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ । 

यी ६० वटा उद्योगबाट ३ हजार ३०१ जनाले रोजगारी पाउने दाबी गरिएको छ । 

विदेशी लगानी स्वीकृत भएका ६० उद्योगमध्ये साना ५४, मध्यम ४ र ठूला २ वटा उद्योग छन् । 

हालसम्म उद्योग विभागबाट ५ हजार ५१९ उद्योगका लागि ४ खर्ब ६४ अर्ब ३४ करोड ७१ लाख बराबरको विदेशी लगानी स्वीकृत भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved