साउनमा १ खर्ब १५ अर्बको ब्यापार घाटा, निर्यात ८ प्रतिशतले घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2023 | 02:40:08 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब १५ अर्ब बढी ब्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र०८१ को पहिलो महिनाको वैदेशिक ब्यापारको तथ्यांक अनुसार साउन महिनामा १ खर्ब २९ अर्ब २३ करोड बराबरको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने जम्मा १३ अर्ब ५२ करोडको मात्रै भएको हो ।

चालु आर्थिक वर्षको साउन महिनामा नेपालको ब्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको साउनमा १ अर्ब ३१ अर्ब बराबरको आयात हुँदा १४ अर्ब ८० करोड बराबरको निर्यात भएको थियो । 

गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा आयात १.५६ प्रतिशत र निर्यात ८.६५ प्रतिशतले घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved