नेपाललाई झन्डै ७ अर्ब ऋण दिन आइएमएफ सहमत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 08:02:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफ ले नेपाल सरकारलाई बिस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको तेस्रो किस्ता वापतको ऋण रकम दिन तयार भएको छ । आईएमएफका सहायक मिसन प्रमुख टिडिएन किंडा नेतृत्वको टिम नेपाल आएर गरेको अध्ययनको क्रममा नेपालले गरिरहेका प्रगति सन्तोषजनक पाएपछि आईएमएफ नेपाललाई तेस्रो किस्ता दिन सहमत भएको हो ।

यद्यपि यस निर्णयलाई आईएमएफको बोर्डले अनुमोदन गर्नु पर्ने छ । आईएमएफको बोर्डले अनुमोदन गरेपछि तेस्रो किस्ता अन्तर्गत आईएमएफले नेपाललाई ५१.३ मिलियन डलर (करिब ६ अर्ब ८४ करोड नेपाली रुपैयाँ) सहयोग दिने छ । यस संगै आईएमएफले नेपाललाई दिने कुल सहयोग २०५.४ मिलियन डलर पुग्ने छ। सन् २०२२ मा आईएमएफले नेपाललाई किस्ता किस्तामा ३५९.९ मिलियन डलर सहयोग दिने सहमति गरेको थियो । बाँकि रहेको १५४.५ मिलियन डलर आईएमएफले नेपाललाई चौथो किस्ता र पाचौ किस्ताको रुपमा दिने छ । 

आईएमएफले तोकेका सुधारका कार्यक्रमहरु सन्तोषजनक रहेको आईएमएफले जनाएको छ । आईएमएफले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ  । महंगी दर भने ७.५ प्रतिसत प्रक्षेपण गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved