निर्यातजन्य उद्योगले भन्सार नतिरी कच्चा पदार्थ ल्याउन पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 04:32:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निर्यातजन्य उद्योगलाई भन्सार नतिरी कच्चा पदार्थ ल्याउन दिने गरी कानुन नै बनाउन लागेको छ । भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत निर्यातजन्य उद्योगले धरौटीमा कच्चा पदार्थ आयात सक्ने व्यवस्था गर्न लागिएको हो ।

यो विधेयक संसदमा दर्ता भइसकेको छ । विधेयकमा कुनै उद्योगले गरेको उत्पादन बैंकिङ प्रणालीमार्फत निकासी गर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गर्ने भएमा त्यस्तो वस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ र सहायक कच्चा पदार्थ पैठारी गर्दा लाग्ने महसुल तोकिए बमोजिम नगद धरौटी राखी पैठारी गर्न दिइने प्रस्ताव गरिएको छ । तोकिए अनुसार वस्तु निकासी भएर विदेशी परिवर्त्य विदेशी मुद्रा आर्जन भएपछि वा विदेशी मुद्रामा स्वदेशमै बिक्री गरेपछि यस्तो धरौटी फिर्ता हुनेछ । 


विधेयकमा प्रस्तावित व्यवस्था


उद्योगीहरुले लामो समयदेखि यो व्यवस्था हुनुपर्ने माग गर्दै आएका थिए । सोही अनुसार सरकारले विधेयकमै व्यवस्था गरेर कानुनमै यो प्रावधान गर्न लागेको हो ।

यद्यपी, उद्योगीहरुले भने नगद धरौटी नभई बैंक ग्यारेन्टीका आधारमा निर्यातजन्य उद्योगले कच्चापदार्थ आयात गर्न सक्ने व्यवस्था हुनुपर्ने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved