रेमिट्यान्सको रकमबाट ६८ प्रतिशतले घर जग्गा जोडे, ४ प्रतिशतले शेयर किने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 02:22:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली अर्थतन्त्रको मुख्य आधार रहेको विप्रेषण वा रेमिट्यान्सबाट प्राप्त बचत रकमबाट ६८ प्रतिशतले घरजगगा खरिद गरेको पाइएको छ । राष्ट्र बैंकले तयार पारेको लुम्बिनी प्रदेशमा रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावको अध्ययन प्रतिवेदन अनुसार वैदेशिक रोजगारीबाट आर्जन गरिएको रकमबाट ६८.४१ प्रतिशत घर जग्गा खरिद तथा निर्माणमा लगानी गरेको पाइएको हो । त्यसैगरी ४.४४ प्रतिशतले शेयरमा लगानी गर्ने गरेका छन् । 

लुम्बिनी प्रदेशका पाँच जिल्लाका १४ स्थानीय तहमा गरिएको ३८३ नमुना संकलनमा यस्तो पाइएको हो । प्रतिवेदन अनुसार ६६.०२ प्रतिशतले बैंकमा बचतको रुपमा रकम राख्ने गरेका छन् भने ५२.०२ प्रतिशतले सुनचाँदी खरिद गर्ने गरेको पाइएको छ । त्यस्तै १२.२७ प्रतिशतले व्यापार व्यवसायमा लगानी गर्ने गरेका छन् । 



अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा गएका श्रमिक तथा श्रमिकका परिवारलाई वैदेशिक रोजगारबाट प्राप्त बचत रकम एउटा क्षेत्रमा मात्रै नलगाई एकभन्दा बढी क्षेत्रमा लगानी गर्ने गरेको प्रतिवेदनले देखाएको छ । त्यसैगरी १२.०१ प्रतिशतले सामाजिक कार्य र ९.१९ प्रतिशतले व्यक्तिगत लगानी गर्ने गरेको प्रतिवेदनले देखाउँछ । 

यता, केन्द्रिय बैंकले बैंकिङ्ग पहुँच ७७ जिल्लाका सबै स्थानीय तहमा पुर्याएको दाबी गरिरहँदा वैदेशिक रोजगारीमा जाँदा बैंक तथा वित्तीय संस्थाबाट कर्जा तथा सापटी लिनेको संख्या भने निकै कम रहेको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार ८४.९० प्रतिशत श्रमिकले वैदेशिक रोजगारीमा जाँदा लागेको खर्चको व्यवस्था गैर बैंकिङ्ग माध्यमबाट गर्ने गरेका छन् भने १५.१० प्रतिशतले बैंकिङ्ग माध्यमको प्रयोग गर्ने गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved