एमसीसी अन्तर्गतको ३ वटै प्रसारणलाइनको ठेक्का रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 09:32:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एमसीसी परियोजना अन्तर्गत बन्ने प्रसारणलाइन आयोजनाको लागि आह्वान भएको ठेक्का रद्द गरिने भएको छ । एमसीसीले गरेको लागत अनुमान भन्दा अस्वभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि एमसीसीले नै ठेक्का रद्द गर्न भनेको हो  ।

यस संगै अब आयोजना कार्यान्वयन गर्ने एमसीए नेपालले ठेक्का रद्द गरि पुन: ठेक्का खुलाउने छ ।  एमसीए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।

एमसीए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको थियो । पहिलो समुहमा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । त्यस्तै, रातमाटे-दमौली ९० किलोमिटर लामो चार सय केभी दोस्रो समुहमा रहेका छ ।  न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइन तेस्रो समुहमा समेटिएको छ ।

एमसीसीले यी प्रसारणलाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान गरेको छ । तर ठेक्कामा न्युनतम प्रस्ताव नै ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो। बढी लागत अनुमानको टेण्डर परेकोले हालको टेन्डर रद्द गरेर एमसीएले अर्को टेण्डर खुलाउने भएको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved