घरजग्गा कारोबारबाट असोजमा ४ अर्ब बढी राजस्व संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 04:34:25 PM मा प्रकाशित

laxmi  sunrise bank

असोज महिनामा घरजग्गा कारोबारबाट चार अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असोज महिनामा घरजग्गा कारोबारबाट चार अर्ब ४३ करोड ५४  लाख ८८ हजार ५६७ रुपैयाँ राजस्व संकलन भएको हो । 

असोजमा भदौ महिनाको तुलनामा एक अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । भदौमा यस्तो राजस्व तीन अर्ब चार करोड ५९ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । 

भदौ महिनाको तुलनामा असोजमा कारोबार बढेसंगै राजस्वमा पनि वृद्धि भएको हो । भदौमा ३५ हजार ६४६ पटक घरजग्गाको कारोबार भएकामा असोजमा भने ३९ हजार ७९३ पटक घरजग्गा कारोबार भएको विभागको तथ्यांकले देखउँछ ।

यसैगरी, असोज महिनामा कित्ताकाट पनि बढेको छ । यो महिनामा ४७ हजार ३९८ वटा कित्ताकाट भएर एक लाख छ हजार ३४९ वटा कित्ता कायम भएको छ । भदौमा भने २६ हजार २८० वटा कित्ताकाट भएर ८० हजार ३१७ वटा कित्ता कायम भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved