३ महिनामा नेपालको ऋण १ खर्ब बढी थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 06:10:37 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनामा एक खर्ब बढी सार्वजनिक ऋण थपिएको छ । चालु आवको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा एक खर्ब छ अर्ब ७८ करोड रुपैयाँ ऋण थपिएको सार्वजनिक ऋण व्यवस्स्थापन कार्यलयले जनाएको छ । 

यो अवधीमा ९७ अर्ब ३१ करोड आन्तरिक र ९ अर्ब ४७ करोड ८० लाख रुपैयाँ वाह्य ऋण थपिएको कार्यलयको तथ्यांकमा उल्लेख छ । तथ्यांक  अनुसार साउनमा १३ अर्ब ६ करोड, भदौमा १५ अर्ब ७६ करोड र असोजमा १४ अर्ब ९४ करोड रुपैयाँ आन्तरिक ऋण थपिएको हो ।  

यसरी थपिएको सहित हाल नेपालले तिर्नुपर्ने ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुगेको छ । जनगणना २०७८ अनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । सरसर्ती हेर्दा हाल एक व्यक्ति बराबर ८० हजार ७३४ रुपैयाँ ऋण हुन जान्छ । 

यस्तै पछिल्लो तीन महिनामा सरकारले ५१ अर्ब ५४ करोड ५२ लाख रुपैयाँ ऋण तिरेको पनि छ । जसमा आन्तरिक ४२ अर्ब ८४ करोड १७ लाख र वाह्य ८ अर्ब ७० करोड ३६ लाख रुपैयाँ ऋण सरकारले भुक्तानी गरेको तथ्यांक छ । 

गत आवको  अन्त्य अर्थात असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो । जसमध्ये ११ खर्ब २९ अर्ब १० करोड ३८ लाख आन्तरिक र ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख वाह्य ऋण थियो । हाल (असोज मसान्तसम्म) अन्तरिक ऋण ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख तथा वाह्य ऋण ११ खर्ब ७१ अर्ब २ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved