ह्वात्तै बढ्यो विदेशी मुद्राको सञ्चिति, कारण के ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 03:09:12 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति ह्वात्तै बढेको छ । २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तसम्म आइपुग्दा १९.९ प्रतिशतले वृद्धि भई १८४४ अर्ब ९४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १६२३ अर्ब ९२ करोड पुगेको जनाइएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २२१ अर्ब २ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

२०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

उद्योगी व्यवसायीहरुले भने उद्योगका कच्चा पदार्थसहित अन्य सामानको आयात कम हुँदा विदेशी मुद्राको सञ्चिति बढेको बताइरहेका छन् । विदेशी मुद्राको सञ्चिति बढेको तथ्यांक हेरेर खुशी हुनुपर्ने कारण नरहेको भन्दै उद्योगी व्यवसायीहरुले विदेशी मुद्राको सञ्चिति बढेकै कारण राजस्व संकलनमा परिरहेको दबाबलाई हेर्न भनिरहेका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको ८ महिना बित्न लाग्दासमेत लक्ष्यको ४४ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved