अमेरिकी लगानीकर्तालाई लगानी सम्मेनलमा सहभागी हुन अर्थमन्त्रीको निम्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 03:15:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई निमन्त्रण गरेका छन् । आइतबार मन्त्रालय पुगेका नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा अर्थमन्त्री पुनले लगानी सम्मेलनमा अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरेका हुन् । 

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै पुनले त्यसका लागि आवश्यक कानूनी तथा व्यवहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए ।

‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल भर्जिन ल्याण्ड हो’, पुनले भने, ‘तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होस् भन्ने आग्रह गर्न चाहन्छु ।’ 

पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा आईटी राम्रो सम्भावनाको क्षेत्र भएको बताए ।  

जवाफमा राजदूत थम्पसनले लगानी सम्मेलनमा ठूलो संख्यामा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी गराएका छन् । उनले अमेरिकी लगानीकर्ता नेपालमा आउन आकर्षित रहेको भन्दै त्यसका लागि वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved