अन्तत: शैक्षिक परामर्श संघ (इक्यान) फुट्यो, राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) गठन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2018 | 09:59:04 AM मा प्रकाशित

nepal oil ltd

लामो समयदेखि आन्तरिक कलहमा रहेको नेपालको शैक्षिक परामर्श संघ (इक्यान) अन्तत: विभाजित भएको छ। इक्यानका असन्तुष्ट सदस्यले सन्तोष प्याकुरेलको संयोजकत्वमामा नयाँ संस्था राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) बनाउने निश्चित भएपछि इक्यान औपचारिक रुपमै विभाजित भएको हो।

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) नामको संस्था दर्ताको काम सकिएको र शनिबार सार्वजनिक गरिने भएको छ। नेकाको नयाँ कार्यसमितिमा को–को हुने भन्ने अहिले छलफल भइरहेको र छिट्टै नै सार्वजनिक गर्ने तयारी भइरहेको नेका निर्माणमा सक्रिय रुपमा लागेका एक कन्सल्टेन्सी व्यवसायीले बताए। 

उनका अनुसार नयाँ कार्यसमितिमा को–को हुने भन्ने अहिले छलफल भइरहेको र छिट्टै नै सार्वजनिक गर्ने तयारी भइरहेको छ। हाल इक्यानमा करिब ४०० हाराहारीमा सदस्य छन बिष्णुहरु पाण्डेको नेतृत्त्वको इक्यान नयाँ कार्यसमिति बनेसंगै असन्तुष्ट पक्षले इक्यानको बैकल्पिक संस्था स्थापनाको लागि पछिल्ला ६ महिना तिब्र छलफल थालेको थियो। 

नेका गठन भएसंगै शैक्षिक परामर्श क्षेत्रमा काम गर्ने संघको संस्था ४ पुगेको छ। यस अघि इक्यान, आइरिन र फेकन गरि ३ संघ अस्तित्वमा थिए।   हाल ३००० भन्दा बढी कन्सल्टेन्सीहरु संचालनमा छन। ति मध्ये ७० प्रतिशत कन्सल्टेन्सी गैर कानुनी रुपमा संचालनमा रहेको पाइएको छ। केहिले  कानुन बिपरित रोजगारीमा समेत विदेश पठाउने गरेको पाइएको छ।  



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved