एसइई परीक्षामा १७ हजार विद्यार्थीको ‘ए प्लस’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 05:16:12 PM मा प्रकाशित

laxmi sunrise bank

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक गरेको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ १६ हजार ८८२ विद्यार्थीले जिपिए ३.६० देखि ४ (ए प्लस) ल्याएका छन् ।

कार्यालयले गत वर्षदेखि सङ्घीय संरचनाअनुसार गत चैत १० गतेदेखि २१ गतेसम्म साधारण तथा प्राविधिक धारतर्फ सञ्चालन गरेको सो परीक्षामा नियमित समूहको साधारणतर्फ चार लाख ४९ हजार ६४२ र प्राविधिक धारतर्फको नौ हजार ६३३ जना गरी कूल चार लाख ५९ हजार २७५ परीक्षार्थी सहभागी थिए ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार ४८ हजार ९६० विद्यार्थीले जिपिए ३.२० देखि ३.६० (ए), ६० हजार ७०६ विद्यार्थीले जिपिए २.८० देखि ३.२० (बी प्लस), ९४ हजार ११० विद्यार्थीले जिपिए २.४० देखि २.८० (बी), ९७ हजार २९९ विद्यार्थीले जिपिए २.०० देखि २.४० (सी प्लस) र ९५ हजार २०९ विद्यार्थीले १.६० देखि २.०० (सी) ल्याउन सफल भएका छन् । यस्तै ४३ हजार ८४० विद्यार्थीले १.२० देखि १.६० (डी प्लस), चार हजार ४२९ विद्यार्थीले ०.८० देखि १.२० (डी) प्राप्त गरेका छन् । आठ हजार २०७ विद्यार्थीको भने विभिन्न कारणले नतिजा सार्वजनिक भएको छैन ।

प्राविधिक धारतर्फ ६९८ विद्यार्थीले ‘ए प्लस’, दुई हजार १७७ विद्यार्थीले ‘ए’, तीन हजार ३५ विद्यार्थीले ‘बी प्लस’, दुई हजार ४५४ विद्यार्थीले ‘बी’, ९०८ विद्यार्थीले ‘सी प्लस’ तथा ९८ विद्यार्थीले ‘सी’ तथा एक विद्यार्थीले ‘डी प्लस’ ल्याएका छन् । प्राविधिक धारतर्फ २६२ परीक्षार्थीको नतिजा सार्वजनिक हुन बाँकी छ । नियन्त्रक अधिकारीका अनुसार साधारण र प्राविधिकतर्फ चार लाख ७५ हजार तीन परीक्षार्थीले परीक्षामा आवेदन दिएका थिए । नियमित र प्राविधिकतर्फ गरी कूल आठ हजार ४६९ परीक्षार्थीको नतिजा सार्वजनिक नगरिएको उनले बताए ।

परीक्षाको मर्यादाविपरीत कार्य गर्ने र गलत विवरण भरी आवेदन दिने दुई परीक्षार्थीको सबै विषय तथा ४८ परीक्षार्थीको विभिन्न विषयसहित कूल ५० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । विगत वर्षमा एकैपटक आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्ने गरे पनि कार्यालयले यस वर्ष भने आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्न सकेन । पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अधिकारीले जति सक्दो छिटो आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्ने जानकारी दिए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved