केयु र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2019 | 03:30:37 PM मा प्रकाशित

nepal oil ltd

केपी शर्मा ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि सवल शैक्षिक जनशक्ति तयार गर्नु पर्ने बताएका छन । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा  विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौतामा सहभागि भएर प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । 

त्यस्तै प्रम ओलीले शैक्षिक संस्थाहरुले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नेमा आफू आशावादी रहेको पनी वताएका छन । ‘राजनीतिक संक्रमणकाल पार गरेपछि हामी विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौं । सामाजिक न्याय सहितको समानता, विकास र सुशासन हाम्रो संकल्प हो’ प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल सुखीको राष्ट्रिय आकांक्षा पूरा गर्न तपाईंहरुले सक्षम जनशक्ति तयार गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ प्रधानमन्त्री ओलीले शिक्षालाई समुदायमा पु¥याउन र सक्षम जनशक्ति तयार गर्न सहायता परियोजना थालनीले मदत पुग्ने विश्वास व्यक्त गरे ।  

सम्झौतामा शिक्षालाई समुदायमा पु¥याउन विभिन्न क्षेत्रहरुमा विकासका पूर्वाधारहरु निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि उपस्थित थिए । ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौं विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठ बीच बुधवार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved