
कक्षा १२ परीक्षा स्थगित भएको छ । आज दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिइने र त्यसपछि परीक्षा संचालन गर्ने निर्णय भएको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार कक्षा १२ सहित निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको थियो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेका थिए।
सोहि अनुसार परीक्षा स्थगित गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो।