विद्यालय बन्द गरे शिक्षकदेखि कर्मचारीसम्मलाई कारबाही गर्ने मेयर शाहको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2023 | 09:06:18 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले सामुदायिक विद्यालय बन्द गरे शिक्षकदेखि कर्मचारीसम्मलाई कारवाही गर्ने चेतावनी दिएका छन्। असार तीन गते सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरिएकोप्रति जवाफ दिंदै शाहले यस्तो चेतावनी दिएका छन्। 

नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको प्रति लक्षित गर्दै शाहले यस्तो चेतावनी दिएका हुन्। परिषद्ले आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको छ। 

सरकारले नै बिद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको स्मरण गराउदै शाहले त्यस्तो कुनैपनि पनि कार्य नगर्न नगराउन चेतावनी दिएका हुन्। 

"विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सवैलाई जानकारीका लागि अनुरोध छ " उनले सामाजिक संजाल मार्फत यस्तो जानकारी गराएका हुन्। 

काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन रहेको समेत उनले जनाएका छन् । 

 मेयर शाहले काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीहरूलाई बिभिन्न किसिमका कारवाही हुने जनाएका छन्।


शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने, विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्‍याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिने, काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिने उनले जनाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved