युनिग्लोब कलेजद्वारा विद्यार्थीलाई उद्यमी बनाउने मेला सम्पन्न, ब्यापारलाई कलेजबाटै ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2023 | 10:28:54 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परीसरमा यही मिति २०८० जेठ २९ गते सोमबार देखि असार १ गते शुक्रबार (५ दिन) सम्म सञ्चालन भएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

उक्त महोत्सवमा २५ भन्दा धेरै स्टल राखिएको छ र ती स्टलहरूमा खानेकुरा सहित बजारमा उत्पादन भएका सामानहरु राखिएको थियो। उक्त कार्यक्रमका लागि कलेजले विद्यार्थीहरुलाई आर्थिक ऋण उपलब्ध गराउने र सो ऋणबाट नै विद्यार्थीहरुले आफ्नो व्यापार सुरु गर्ने कलेजले जनाएको छ। 

उक्त कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो उद्यमी क्षमता विकास गर्नुको साथसाथै उनिहरुलाई व्यापारको वास्तविक महत्व सिकाउने मुख्य लक्ष्य लिएको छ । यसैगरि उक्त कार्यक्रमबाट विद्यार्थीहरुले व्यावसायका लागि चाहिने बिजनेश प्रपोजल कसरी बनाउने, ऋण कसरी लिने देखि ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्कीङको बारेमा विस्तिृत रूपमा बुझाउने अवसर पाएका छन्। 

त्यहाँ सिकेका कुरा आफ्नो व्यापार व्यवसायमा समेत लगाउने र कतिपय विद्यार्थीहरुले त यो विजनेश आइडियालाई नै अगाडी बढाउने लक्ष्य कलेजले लिएको छ। उक्त कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, स्थानीय बासिन्दाको उल्लेखनिय उपस्थिीति भएको थियो र यस कार्यक्रममा ५ हजार जनाले अवलोकन गरेका थिए। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved